रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना, प्रधानमन्त्रीले गरे घोषणा

१८ जेठ, पोखरा । दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीको नाममा रवीन्द्र अधिकारी स्मृति प्रतिस्ठान स्थापना गरिएको छ । शनिबार पोखरामा प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिष्ठानको घोषणा गरे ।

१५ फागुनमा ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरी काठमाडौं फर्कने क्रममा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । प्रधानमन्त्री ओलीले क्याविनेटका एक सक्षम मन्त्रीलाई राष्ट्रले गुमाउँदा ठूलो क्षति पुगेको बताए ।

वाइडबडी जहाज खरीद प्रकरणमा मन्त्री अधिकारी निर्दोष रहेको भन्दै प्रधानमन्त्रीले बिना आधार कसैलाई आरोप लगाउन नपाइने बताए । प्रधानमन्त्रीले प्रतिष्ठान जीवन्त होस भन्ने कामना गर्दै १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरे ।

तस्वीर : प्रधानमन्त्रीको निजी सचिवालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here