नवनियुक्त पर्यटन मन्त्री अधिकारीको यस्तो प्रतिबद्धता, निजगढ विमानस्थलको ढाँचा एक महिना भित्र टुग्याइने

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी आगामी एक महिना भित्र टुग्याउने निर्णय गरेका छन् ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप घटाउने उद्देश्यसहित निर्माणाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेशन हब’का रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणको काम अगाढी बढाउने निर्णयसमेत मन्त्री अधिकारीले गरेका छन् ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायका अनुसार यूरोपेली यूनियनले राखेको सेफ्टी लिस्टबाट सन् २०१८ भित्र हटिसक्ने गरी काम गर्ने नवनियुक्त मन्त्री अधिकारीको प्रतिवद्धता छ ।

मन्त्री अधिकारीले ‘भिजिट नेपाल २०२०’ मनाउन सचिवालय गठन गरी आवश्यक तयारी शुरु गर्ने र नेपालका दुई छिमेकी चीन तथा भारतमा पर्यटन प्रवद्र्धनको अभियानलाई तिब्रता दिने निर्णय समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here