सुन चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं, २५ फागुन । सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ६ सयले घटेको हो ।

सोमबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेर ८५ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १५० मा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here