एनआईसी एसियाको कामु प्रमुख कार्यकारीमा न्यौपाने

काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छनु।

प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा दिएपचछ खाली रहेको उक्त पदमा न्यौपानेलाई कामुको जिम्मेवारी दिएको हो ।

शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले रिसालको राजीनामा स्वीकृत गर्ने र न्यौपानेलाई कामु प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपाने यसअघि सोही बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत थिए । उनी प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एसियाबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here