एकमहिनामै सुनको भाउ ५ हजार सस्तियो

काठमाण्डौ । पछिल्लो एक महिनामै सुनको भाउ झन्डै ५ हजार रुपैयाँले घटेको छ ।

नेपाल सु्नचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार फागुन महिनाभरि सुनको भाउ तोलामै ४ हजार ७०० रुपैयाँले घटेको हो । गत माघ ३० गते तोलाकै ९० हजार ९०० रुपैयाँ रहेको सुनको भाउ फागुन २९ गतेसम्म घटेर ८६ हजार २०० रुपैयाँ कायम भएको छ ।

अन्तिम कारोबार मूल्य ८६ हजार २०० रुपैया रहेपनि यो महिना सुनको भाउ घटेर तोलाको ८५ हजार ६०० रुपैयाँसम्म झरेको थियो । गत फागुन २१ गते र फागुन २५ गते सुनको भाउ घटेर तोलको ८५ हजार ६०० रुपैयाँसम्म झरेको हो ।

फागुन महिनाभरि चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । गत माघ ३० गते तोलका १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज फागुन २९ गते तोलाको १ हजार २७० रुपैयाँमा झरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here