सबै मानिसहरूको सोच एकै प्रकारको हुँदैन । मानिसहरू आफनो जीवन आफ्नै हिसाबले बाँच्न चाहन्छन् ।
केहि मानिसहरू जागिर खान्छन् र महिनामा ३० दिनसम्म काम गरेर आफ्नो जीवन चलाईरहेका हुन्छन् भने केहि भने व्यापार व्यावसाय गर्छन् ।
तर, केहि यस्ता मानिसपनि हुन्छन् जो ती काम मन पराउँदैन् । उनीहरू सँधै नयाँ नयाँ चिज गर्न चाहन्छन् ।
उनीहरू थोरै पैसा भए पनि आफ्नै हिसाबले स्वतन्त्र भएर पैसा कमाउन चाहन्छन् ।
इन्टरनेटको विकास र प्रयोगको कारण आज हाम्रो सामु यस्ता धेरै प्रकारका सुविधाहरू छन् जसको प्रयोग गरेर हामी घरमै बसीबसी सजिलै पैसा कमाउन सक्छौं ।
तपाईं पनि अफिसमा महिना भर कामगरेर धरै प्रकारको धेरै मेहनत गर्नु पर्ने र विभिन्न प्रकारका टेन्सन सहनु पर्ने कामलाई छाडी थोरै पैसाको भए पनि आफ्नै काम गर्न चाहानु हुन्छ भने यी वेब साइटहरू तपाईको लागि उपयुक्त हन सक्छन् ।
हामीले इन्टरनेट चलाउँदा विभिन्न किसिमका अनलाइन जबका विज्ञापनहरू देख्न सक्छौं ।
तर, ती साइटहरू कति विश्वासिलो र सत्य छन् भन्ने विषयमा ध्यान दिनु अत्यन्त आवश्यक छ ।
आज हामी तपाईंलाई त्यस्ता ४ प्रकारका वेब साइटहरूको बारेमा जानकारी दिन लागि रहेका छौं ।
ती वेबसाइटहरूलाई हामी सजिलै विश्वास गर्न सक्छौं र पैसा पनि कमाउन सकिन्छ ।
१. युडिमी
यो वेबसाइट पनि युट्यूब जस्तै हो । तर यसमा एउटा कुरा मात्रै फरक हुन्छ जुन हो यसमा ज्ञान र प्रेरणादायी सामग्रीहरू मात्रै हुने गर्दछ ।
यो साइटमा भिडियो हेर्नको लागि पैसा तिर्नु पर्दछ ।
तपाई पनि कुनैपनि बौद्धिक सामग्रीहरू निर्माण गरेर यो वेब साइटमा अपलोड गरी पैसा कमाउन सक्नु हुन्छ ।
२. फेसबुक
फेसबुकको बारेमा त हामी सबैलाई थाहा नै छ । हामी दैनिकरूपमा फेसबुकमा भिडियो पनि देख्ने गर्दछौं ।
फेसबुकले भिडियोको लागि नै भनेर छुट्टै एक सेक्सन पनि बनाएको छ । फेसबुकले अब भिडियोहरूमा विज्ञापन हुने पनि व्यवस्था गरेको छ । जसको मद्दतले तपाईं पैसा कमाउन सक्नु हुन्छ ।
फेसबुकमा युट्यूबमा जस्तो आफै भिडियो बनाउनुपर्ने व्यवस्था पनि हुदैन् ।
पैसा कमाउनको लागि आफ्नो एउटा पेज बनाई विभिन्न समयमा भाईरल भएका भिडियोहरू अपलोड गरि आफ्नो पेजमा विज्ञापनहरू राखेर पैसा कमाउन सक्नुहुन्छ ।
यसको साथै तपाइको फेसबुक पेजमा राम्रो लाईक छ भने त्यस्ता पेजहरूमा एफिलिएट मार्केटिङ गरि पैसा कमाउन सक्नुहुन्छ ।
३. ब्लग
यदि तपाईंसँग भिडियो बनाउने स्रोत वा ईच्छा छैन् भने गूगलको ब्लगर सेवाको फाईदा उठाउँदै पैसा कमाउन सक्नुहुन्छ ।
यसको लागि गुगलमा तपाइले ब्लग बनाई त्यसमा आर्टिकल लेख्नु पर्दछ । यसमा आफुलाई मन पर्ने विषयमा आर्टिकल लेख्न पाउने व्यवस्था रहेको छ ।
यसमा सबैभन्दा राम्रो कुरा के हुन्छ भने ब्लग राखे बापत कुनै पैसा दिनु पर्दैन् । गुगलमा ब्लग राखेको केहि समयपछि त्यसमा विज्ञापन राखि पैसा कमाउन सकिन्छ ।
ब्लगको मद्दतले धेरै मानिसहरूले पैसा पनि कमाईरहेका छन् । ब्लगमा पैसा कमाउनको लागि तपाई गुगल एडसेंस, एफिलिएट मार्केटिङ, प्रोडक्ट प्रमोशन जस्ता कम्पनीहरूको प्रयोग गर्न सक्नु हुन्छ ।
४. युट्यूब
यूट्यूब अनलाइनमा पैसा कमाउनको लागि सबैभन्दा राम्रो र सजिलो माध्यम हो । विदेशमा मात्रै नभएर नेपालमा पनि कतिपय व्यक्तिह?ले यूट्यूबको भिडियो मार्फत महिनाको लाखौं पैसा कमाइरहेका छन् ।
यूट्यूबमा तपाई कुनैपनि विषयमा भिडियोहरू बनाएर पैसा कमाउन सक्नुहुन्छ ।
युट्यूबमा एक हजार सब्सक्राइबर र दश हजार भन्दा धेरै पटक भिडियो हेरेपछि पैसा पाउँने व्यवस्था रहेको ।
यसको साथै एक हजार सब्सक्राइबर र ४ हजार भन्दा धेरै घण्टा भिडियो हेरेपछि तपाइको यूट्यूब पेजमा विज्ञापन राख्न पाउँने व्यवस्था पनि युट्यूबले प्रदान गरेको छ ।
यसको अलवा तपाइ आफ्नो च्यानलमा प्रायोजित भिडियो पनि बनाउन सक्नुहुन्छ ।
(एजेन्सीकाे सहयाेगमा)