अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, साढे ५ लाखको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा ३ करोड ४३ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिका विश्वमा कारोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित हुने देश हो । अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ५ लाख ४६ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै, २ करोड २१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।

११ हजार ३ सयभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकामा कोरोनाका कारण जनजीविकामा नै समस्या परेकाहरुका लागि बाइडेन प्रशासनले १९ खर्बको राहत प्याकेज ल्याएको छ । यस्तै अमेरिकापछि ब्राजिल सबैभन्दा धेरै प्रभावित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here