प्रधानमन्त्रीको हिंसात्मक द्वन्द्व अन्त्यको घोषणा दुई सातापनि टिकेन्

गोइत समूह आपराधिक गतिविधिमा

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका १० दिनमै हिंसात्मक घटना घटेको छ ।

सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लब बीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले फाुगन २१ गतेदेखि नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका थिए ।

तर १० दिनपछि नै जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा आपराधिक गतिविधिमा फेरि सक्रिय देखिएको छ ।

उक्त समूहले आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएर आपराधिक गतिविधिलाई निरन्तरता दिएको हो।

घटनामा आठ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा कर्मचारी, सेवाग्राही र लेखापढी व्यवसायीसमेत रहेको प्रहरीले जनाएको छ।

बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी (गोइत समूह) ले लिएको छ । एक विज्ञप्ति निकालेर मोर्चाले भ्रष्टाचार जारी रहे यो भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

साथै यो घटनाबाट उत्पन्न सबै दुष्परिणामको जिम्मा नेपाल सरकार र प्रदेश सरकार हुने पनि उसले जनाएको छ ।

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको हस्ताक्षर भएको उक्त विज्ञप्तिमा नेपाली औपनिवेशिक शाशकबाट उन्मुक्ति नहुन्जेल लडिरहने प्रतिबद्धता पनि गरेको छ। यो समूहले आपराधिक गतिविधि स्थगित गरेको थियो, गतिविधि त्यागेको थिएन ।

विद्रोहीमध्येको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण गतिविधिमा आएको छ ।

झण्डै तीन वर्ष प्रतिबन्धमा रहेको विप्लव समूहले पनि यस समयमा थुप्रै अप्रिय घटना पनि घटाएका थिए । आफुसँग हातहतियार नै नभएको दाबी गर्दै निकै तामझामका साथ सार्वजनिक भएका विप्लब समूहप्रति पनि जनताको त्रास भने घटेको छैन् ।

‘विप्लव’ समूह खुला राजनीतिमा आएसँगै उक्त समूहसँग रहेका हातहतियारको खोजीबारे प्रश्न गर्न थालिएको छ।

नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here