काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको लागि प्रमुखदलहरुले छलफल सुरु गर्ने भएका छन् ।
नयाँ सरकार गठनमा समिकरणका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालबीच पहिलोपल्ट संयुक्त छलफलमा जुट्न लागेका हुन् ।
प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन अदालतले बदर गर्दा पनि सत्ता छाड्न नचाहेको भन्दै प्रमुख तीन दलले ओलीविरुद्ध मोर्चाबन्दी गर्न लागिएको एक नेताले जानाकारी दिए ।
तीनपार्टीको संयुक्त बैठक दिउसो कांग्रेस सभापति निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला बैठकमा सहभागी हुनेछन ।
माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी हुने बताइएको छ ।
यसअघि दुईपक्षीय छलफल मात्रै गर्दै आएका दलहरु एकै ठाँउमा बसेर राजनीतिक निकासका लागि परामर्श गर्न लागेका हुन । तीनवटै दल ओलीको विकल्पमा नयाँ सरकार गठन हुनुपर्ने कुरामा सकारात्मक देखिएका छन् ।