एमालेका शीर्ष नेताबीच धुम्बाराहीमा भेटवार्ता, को-को छन् सहभागी ?

काठमाडौं, २ चैत । नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु भएको छ।

सर्वोच्च अदालतले माओवादी केन्द्रसँगको एकता अमान्य घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि दुई नेताहरु एमाले मुख्यालय धुम्बाराही पुगेका हुन्।

एमालेमा विवाद चर्किएको बेला ओली र नेपाल दोस्रो तहका नेताहरुलाई साथमा लिएर छलफलमा जुटेका छन् ।

छलफलमा प्रधानमन्त्री ओली र नेपाल एकै लहरमा बसेका छन् ओलीसँग पार्टी महासचिव ईश्वर पोखरेल छन् भने नेता नेपालसँग उपाध्यक्ष भीम रावल छन्।

ओली र नेपालबीच करिब ४ महिनापछि पहिलोपटक भेट भएको हो ।

भेटवार्तामा ओलीको तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगाएतका नेता सहभागी छन्। नेपालका तर्फबाट रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट लगाएका नेताहरु भेटमा सहभागी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here