ओपोको नयाँ ब्राण्ड पहिचान सार्वजनिक

जेठ १९, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ ।

नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधिक पहिचान प्रस्तुत गरेको छ ।

स्मार्टफोनमा नवप्रबर्तनका लागि अग्रणीका रुपमा परिचत ओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यू योर्कको पेन्टाग्रामका ख्यातीप्राप्त डिजाइनर, एडी ओपारासंग सहकार्य गरेको छ । ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको कम्पनीले बताएको छ ।

ओपोको विशेष कर्भ (बक्र)का साथ बनाइएको नयाँ लोगो पृथक र आकर्षक भएको कम्पनीको दावी छ । ईमेजरीमा नयाँ रंग प्रणाली (कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ ।

नयाँ ब्राण्ड ईमेजले ओपोको वैश्विकस्तरमा बृद्धि र बढ्दो पहुँचको प्रतिनिधित्व गरेको कम्पनीले बताएको छ ।

ओपोले आफ्नो उत्पादन पोर्टफोलियोमा नयाँ सिरिजका रुपमा रेनो सिरिज पनि सार्वजनिक गर्ने तयारी गरेको छ । रेनो सिरिज पृथक सोच राख्ने श्रृजनशिलयूवा टे«ण्डसेटर्स लक्षितफोन भएको कम्पनीले जानकारी दिएको छ ।

ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र संचार मोडलका साथमा‘आई एम रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई एम रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशिलताको शक्ति दर्शाउने प्रयास गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here