सात प्रदेशमा ५५० मेगावाट सौर्य ऊर्जाका लागि अध्ययन शुरु

फाइल फोटो by क्लाउड पत्रिका

काठमाडौं, १९ जेठ । सरकारले सातै प्रदेशमा सौर्य ऊर्जा परियोजना अघि बढाउने भएको छ ।

सबै प्रदेशमा गरी ५ सय ५० मेगावाटका सौर्य ऊर्जा परियोजना निर्माण गर्ने सरकारको योजना छ । त्यसका लगानी बोर्डले फिलिपिन्सको एम/एस ग्रिनर्जी सोल्युशन्स इन्कलाई सातवटै प्रदेशमा गरी कुल ४ अर्ब २४ करोड रुपैयाँ लागत अनुमान भएको ५ सय ५० मेगावाट सौर्य ऊर्जा परियोजनाको संभाव्यता अध्ययन अनुमति प्रदान गरेको छ ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार साँझ बसेको बोर्डको ३८ औं बैठकले ग्रिनर्जीलाई अध्ययन अनुमति दिएको हो ।

बैठकमा बोल्दै प्रम ओलीले देशमा द्रुत आर्थिक विकासका लागि ठूला परियोजनाहरुको कार्यान्वयन तीव्र गतिमा हुनु पर्नेमा जोड दिए । यसका लागि सम्बन्धित निकायहरुवीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले गत चैतमा सम्पन्न लगानी सम्मेलनपछि भएको प्रगति विवरण बैठकमा प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here