‘ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको हो, प्रमाण चाहिए एकभारी छन्’

काठमाडौं, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन्।

काठमाडौँमा आफ्नो पक्षको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए।

पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यो कसको कारणले सिर्जना भयो ? यसको जिम्मेवार को हुन् ? यो प्रश्न उत्पन्‍न भएको छ,’ उनले भने, ‘विगतको धेरै चर्चा गर्न चाहन्‍नँ । यो कार्यकर्ता भेला रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

‘आजको यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी, उहाँ नै सबै कामका निम्ति, सबै बितण्डाका निम्ति, यो सबै अवस्थाका निम्ति, पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार हुनुहुन्छ’, उनले भने, ‘यसका निम्ति तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here