आवासीय घर कर्जाका लागि ग्लोबल आइएमई बैंक र बोधि होल्डिङबीच सम्झौता

काठमाडौं, ५ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ प्राइभेट लिमिटेड बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रा.लि. का अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङ प्रा.लि.ले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजना मार्फत घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here