नेपाललाई मलेसियाले हरायो

२० जेठ, काठमाडौं । बलियो टीम मलेसियाले मैत्रिपूर्ण फूटबलमा नेपाललाई हराएको छ । आइतबार मलेसियाले घरेलु मैदानमा नेपाललाई २—० गोल अन्तरले पराजित गर्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल खान पुग्यो । खेलमा गोलकिपर किरण चेम्जोङले पटक पटक मलेसियाको प्रहार जोगाएपछि धेरै गोल खानबाट नेपाल बचेको थियो ।

त्यसो त पहिलो हाफमा बिक्रम लामाको प्रहार मलेसियाको गोलपोष्टमा लागेर फर्कनु पनि नेपालको दूर्भाग्य रह्यो । नेपालले ५० औं मिनेटमा पेनाल्टीमार्फत पछि परेको थियो ।

अनन्त तामाङको फलमा मलेसियालाई पेनाल्टी दिइएको थियो । ८१ औं मिनेटमा नेपालले दोस्रो गोल खायो । नेपाल र ताइपेईसँग आगामी ६ जुनमा मैत्रीपूर्ण फूटबल हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here