अब नेपाली बैंकको डेबिट र क्रेडिट कार्डबाटै विश्वभरका होटल बुकिङ र एयर टिकेटिङ

-जितेन्द्र खनाल

काठमाडौं, ६ चैत । नेपाली बैंकको डेबिट र क्रेडिट कार्डबाटै अब संसारभरका होट बुकिङ र एयर टिकेटिङ गर्न सकिने भएको छ ।

अनलाइन ट्राभल एग्रिगेटर एक्सेल ट्रिपले यो सुविधा दिएसँगै विश्वभरका २३ लाखभन्दा धेरै होटल र झण्डै ४ सय ५० वटा एयरलाइन्सको टिकेटिङ अब नेपाली बैंकका डेबिट र क्रेडिट कार्डको सहयोगबाटै गर्न सकिने भएको हो ।

यसले नेपाली नागरिकलाई होटल तथा एयरलाइन्सको टिकट लिनको लागि सहयोग गर्नुका साथै, पर्यटन विकासमा पनि सहयोग गर्ने एक्सेल ट्रिपकी कार्यक्रम संयोजक पुनम भुषालले बताईन् ।

‘कोभिडको कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्नको लागि हामीले एक्सेल ट्रिपमार्फत नयाँनयाँ सुविधा प्रदान गर्दै आएका छौं,’ पुनमले क्लाउडपत्रिकासँग भनिन्, ‘हामीले विस्तार गरेको नयाँ सुविधाअनुसार नेपाली डेभिड कार्डको सहयोगबाटै विश्वका २३ लाखभन्दा धेरै होटलको बुकिङ र ४ सय ५० भन्दा धेरै एयरलाइन्सको टिकेटिङ घरबाटै गर्न सकिन्छ ।’

नेपालका १ हजार ५ सय होटल बुकिङ

एक्सेल ट्रिपबाट नेपालका १ हजार ५ सय भन्दा धेरै होटल बुकिङ गर्न सकिने सुविधा रहेको छ । यसका अलवा पाँच डोमेस्टिक एयरलाइन्सको टिकटको सुविधा पनि एक्सेल ट्रिपले दिँदै आएको छ ।

पुनमका अनुसार यसले नेपाली होटल बुकिङ तथा एयर टिकेटिङमा ग्राहकलाई सहजता प्रदान गर्नुका साथै, पर्यटन क्षेत्रलाई पनि सहयोग गर्नेछ ।

कसरी लिने सुविधा ?

यो सुविधाको लागि एक्सेल ट्रिपको मोबाइल एप्लीकेशन तथा www.xceltrip.com.np मा गएर यो सुविधा लिन सकिन्छ ।

यसको अलवा इसेवा, आएमई पे, खल्ती प्रभु पे बाट पनि संसारभरका होटल बुकिङ र एयर टिकेटिङको सेवा लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here