सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, ८ चैत । आइतबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँ बढ्यो ।

शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here