पर्यटन बोर्डको नेतृत्वमा २५ वटा संस्था भारतमा हुने ‘साटे’ मा सहभागि हुँदै

काठमाडौं, ८ चैत । कोरोना महमामारी (कोभिड-१९) शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा २५ वटा संस्थाले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउन लागेको हो ।

मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा नेपाल वायुसेवा निगम सहित विभिन्न २५ ओटा कम्पनी सहभागी हुने छन् ।

पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले बताए ।

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको बताए ।

साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने रग्मीले जानकारी दिए ।

पछिल्लो पटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यस अघि एअरबबल सम्झौता अनुरुप नेपाल भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र,हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको रेग्मीले जानकारी दिए ।

भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग,बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्दछ ।

भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ ।

कोभिडको संक्रमण पछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरेपनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए ।

यो वर्ष कोरानाको कारण सहभागी हुन जाने कम्पनीहरुको संख्या केही घटेपनि कोभिडको खोप आइसको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेज मार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । जस अनुसार सहभागी कम्पनीहरुले विभिन्न खालका प्याकेज समेत तयार पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here