कतारमा आप्रवासी श्रमिकको न्यूनतम ज्याला एक हजार कतारी रियाल

काठमाडौं, ८ चैत । कतारले आप्रवासी श्रमिकको न्यूनतम ज्याला एक हजार कतारी रियाल तोकेको छ ।

मार्च २० तारिखबाट लागु हुनेगरी कतारले आप्रवासी श्रमिकको न्यूनतम ज्याला एक हजार कतारी रियाल निर्धारण गरेको हो । कतार आप्रवासी श्रमिकको ज्याला निर्धारण गर्ने पहिलो खाडी राष्ट्र समेत बनेको छ ।

योसँगै श्रमिकहरुले पाउने न्यूनतम भत्ता पनि निर्धारण गरेको छ । यदि रोजगारदाताले खाने र बस्ने व्यवस्था नगरेको खण्डमा अब खाना भत्ता बापत तीन सय रियाल र आवास भत्ता बापत पाँच सय रियाल श्रमिकलाई दिनुपर्ने हुन्छ । खाने बस्ने व्यवस्था रोजगारदाताले नै गरेको अवस्थामा भने श्रमिकले न्यूनतम भत्ता पाउने छैनन् ।

सन् २०१० मा २०२२ को विश्वकप फुटबल कतारले आयोजना गर्ने भन्ने घोषणा भएदेखि आप्रवासी कामदारलाई लिएर कतार सचेत रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here