आठ महिनामै ५० लाख मोबाइल नेपाल भित्रिए, चीनबाट मात्रै साढे १६ अर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा झण्डै ५० लाख मोबाइल नेपाल भित्रिएको छ । भन्सार विभागको फागुन महिनासम्मको तथ्यांक अनुसार ४९ लाख ९३ हजार मोबाइल नेपाल भित्रिएको हो ।

४९ लाख ९३ हजार मोबाइल नेपाल भित्रिदा २६ अर्ब ३० करोड ५४ लाख हजार रुपैयाँ बाहिरिएका छन् ।

चीनबाट मात्रै साढे १६ अर्बको आयात

गएको आठ महिनामा चीनबाट सबैभन्दा धेरै मोबाइल नेपाल भित्रिएको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसमान्तसम्ममा चीनबाट मात्रै १६ अर्ब ४२ करोड रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएको छ । यस बिचमा चीनबाट ४१ लाख २२ हजार मोबाइल नेपाल भित्रियो ।

धेरै मोबाइल आयात हुने देशमा भारत दोस्रो स्थानमा छ । यस समयमा भारतबाट आठ अर्ब ६० करोड रुपैयाँ बराबरका ६ लाख ४९ हजार मोबाइल भित्रियो ।

त्यस्तै, भियतनामबाट १ अर्ब ५ करोड रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रियो । यी देशहरु बाहेक बेलायत, अमेरिका, यूएई, कतार, बहराइन, जापान, कोरियालबाट पनि मोबाइल आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा मोबाइल आयात झण्डै दोब्बर बढी हो । आर्थिक वर्ष २०७६÷२०७७ को पहिलो आठ महिनामा १४ अर्ब ३७ करोड रुपैयाँको ३८ लाख मोबाइल भित्रिएकोमा चालु आर्थिक वर्षमा झण्डै दोब्बरले बढेर २६ अर्ब ३० करोड रुपैयाँको ४९ लाख ९३ हजार मोबाइल नेपाल भित्रिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here