भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्युटेट भेरियन्ट’ भेटियो

नयाँ दिल्ली । भारतका १८ राज्यहरुमा कोरोना भाइरसको ‘नयाँ डबल म्युटेट’ भेरियन्ट फेला परेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार १८ वटा राज्यमा ‘डबल म्युटेट’ भेरियन्ट फेला परेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले भारतमा बढी रहेको कोरोना संक्रमण र कोरोनाको नयाँ भेरियन्टबीच केही सम्बन्ध छ कि छैन भन्‍ने विषयमा भने कुनै तथ्य-तथ्यांक खुलाएको छैन । कोरोना भाइरसको नयाँ भेरियन्ट विदेशमा पनि भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमण बढेसँगै भारतमा कोरोना भाइरसको संक्रमण बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा भेटिएको नयाँ भेरियन्टले मानिसको शरीरको इम्युन सिस्टमलाई बचाउँदै संक्रमण बढाउने गरेको पाइएको छ ।

भाइरसको यो म्युटेसन करिब १५ देखि २० प्रतिशतमा भेटिएको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा गरिएको विश्लेषण अनुसार डिसेम्बर २०२० को नमुना ई४८४ क्यु र एल ४५२ आर म्युटेशनको अंशमा बढोत्तरी भएको बताइएको छ ।

भारतमा नयाँ डबल म्युटेसन कोरोना संक्रमणबाट १० जना संक्रमित भएको बताइएको छ । – बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here