लक्ष्मी बैंकमा अनलाइन बचत खाता खोल्दा मोबाइलमा ५ सय ब्यालेन्स

काठमाडौं २१, जेठ । लक्ष्मी बैंकमा अनलाइन खाता खोल्दा मोबाइलमा ५ सय रुपैयाँ ब्यालेन्स पाइने भएको छ । आईसीसी क्रिकेट वल्ड कप २०१९ को अवसरमा बैंकले यस्तो योजना बजारमा ल्याएको हो ।

लक्ष्मी बैंकले ‘कन्ट्रोल जिरो’ नामक डिजिटल माध्यमबाट खाता खोल्ने ग्राहकका लागि विशेष योजना सुरु गरेको हो । एफ वान सफ्टसँगको सहकार्यमा सञ्चालित सो योजना अन्तरगत हाल जारी आईसीसी क्रिकेट वल्ड कप २०१९ को अवधिभर रहनेछ । सो अवधिभर ‘कन्ट्रोल जिरो’ मार्फत बचत खाता खोल्दा ग्राहकले ५ सय बराबरको मोबाइल व्यालेन्स प्राप्त गर्न सकिनेछ ।

ग्राहकले बैंकको वेवसाइटमा गई अनलाइन खाता खोल्ने निवेदन दिन सक्नेछन । त्यसलाई आधिकारीकता दिन एक पटकको लागि बैंकको नजिकैको शाखामा जानु पर्ने हुन्छ ।

वल्र्ड कप विशेष योजना वातावरणमैत्री बैकिङ प्रणाली अवलम्बन गर्ने तर्फ बैंकको एक अर्को कदम भएको बताइएको छ । यस योजनाले बातावरणमा कार्वन फुटप्रिन्टमा कमी आउने र जिम्मेवार एवं दिगो व्यवसायलाई सहयोग पुग्ने विश्वास बैंकको दाबी छ ।

करिब १६ वर्ष अघि स्थापित लक्ष्मी बैंकले ४७ जिल्लामा १ सय ६ शाखा, २ एक्स्टेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय २८ एटिएम, २ हजार ५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङमार्फत वित्तीय सेवा दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here