सामाजिक सञ्जालको प्रतिबन्धपछि अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले लन्च गरे आफ्नै वेबसाइट

काठमाडौं, १७ चैत । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक वेबसाइट https://www.45office.com/ सुरु गरेका छन् । यो सामाजिक प्लेटफर्म उनले आफ्ना समर्थकहरुसँग सम्पर्कमा रहन र कार्यालयमा आफूले बिताएको समयको बारेमा जानकारी दिनको लागि लेराइएको बताईएको छ ।

ट्रम्पले लन्च गरेको यस नयाँ वेबसाइट खेल्दा होमपेजमा ट्रम्पका विभिन्न तस्बिरहरु राखिएको छ, जसमा उनकी पत्नी मेलानिया, सेनाका सदस्य, राष्ट्रपति हुँदा विश्व नेताहरुसँग विभिन्न समारोहमा लिइएका फोटोहरु पनि देख्न सकिन्छ ।

तस्बिरका साथै वेबसाइटको होमपेजको तल पट्टि उनको महान् ट्रम्प विरासतको संरक्षण गर्न र सँगसँगै ‘अमेरिका फर्स्ट एजेन्डा’ लाई अगाडि बढाउनका लागि ट्रम्प अफिस प्रतिबद्ध रहेको भन्ने सन्देश लेखिएको छ ।

यसअघि गत जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले ट्रम्पको एकाउन्ट प्रतिबन्धित गरेको थियो । गत जनवरी ६ तारिखका दिन उनका समर्थकले अमेरिकी संसद् भवनमा आक्रमण गरेयता ट्रम्पका ट्विटर, फेसबुक, युट्युब लगायत सामाजिक सञ्जाल अकाउन्ट सँधैको लागि बन्द गरिएको थियो ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here