सुनचाँदीको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ चैत । बुधबार पनि सुनको मूल्य घट्ने क्रम जारी रह्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतिकित्ता ८५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ८६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्यपनि प्रतितोला २० रुपैयाँ घटेर प्रतितोला ११ सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here