बुधबार सरकारले दियो बिदा

काठमाडौं, २१ जेठ । सरकारले बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

मुस्लिम धर्मावलम्वीहरुको पर्व इद ऊल फित्रको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै बताएको छ ।

बुधबार स्वदेशस्थित सबै सरकारी कार्यालयसहित विदेशस्थित कूटनीतिक नियोगका कार्यालयसमेत बन्द हुनेछन् । सरकारले पछिल्लो समय धेरै बिदा कटौती गरे पनि इदका अवसरमा भने बिदा थपेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here