८० करोडमा बिक्यो १० सेकेण्डको भिडियो क्लिप

काठमाडौं । अमेरिकी डिजिटल आर्टिस्ट बिपलको एउटा १० सेकेण्डको भिडियो क्लिप झण्डै ८० करोड रुपैयाँमा बिक्री भएको छ ।

झ्वाट्ट हेर्दा भिडियोलाई त्यतिधेरै रकम पर्नुपर्ने कुनै कारण देखिँदैन । तर, भिडियो यतिधेरै चर्चित भयो कि अन्ततः करोडौँमा बिक्री हुने बहुमुल्य चिज बन्यो ।

गत अक्टोबरमा मियामीका एक कलाकृति संकलनकर्ता पाब्लो रोड्रिगेजले उक्त भिडियोलाई ६७ हजार डलरमा खरिद गरेका थिए । सोही भिडियो हाल उनले ६६ लाख डलरमा बिक्री गरेका हुन् ।

डिजिटल आर्टिस्ट बिपलले बनाएको उक्त भिडियोको अथेन्टिकेसन ब्लाकचेनसँग छ । यस्तोमा जोसँग यसको ओरिजिनल प्रति हुन्छ उसको डिजिटल सिग्नेचरबाटै खुल्दछ । यसलाई नन फंगेबल टोकन अर्थात् एनएफटी पनि भनिन्छ ।

यस्तो छ भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here