नेपाली आकासमा थपियो नयाँ वायुसेवा

कैलास हेलिकोप्टरले थाल्यो व्यवसायिक उडान

क्लाउडपत्रिका

काठमाडौं । नेपाली आकासमा शनिबारदेखि नयाँ वायुसेवा कम्पनीले सेवा प्रारम्भ गरेको छ । शुुक्रबार (चैत ९) नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुुयान सञ्चालन अनुमति प्राप्त गरेको कैलासले शनिबारदेखि व्यवसायिक उडान प्रारम्भ गरेको हो ।

कम्पनीले पहिलो उडान काठमाडौंबाट लुक्ला गरेको हो । कम्पनीसँग अहिले फ्रान्समा निर्मित एउटा एएस३५० बी३ई हेलिकोप्टर छ । प्राधिकरणले यस हेलिकोप्टरलाई ९एनएएमएल कलसाइन दिएको छ । कैलासको उडान प्रारम्भ भएसँगै अब नेपाली आकासमा निजी हेलिकोप्टर कम्पनीको संख्या १० पुुगेको छ ।

छिट्टै नयाँ हेलिकोप्टर

कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेका अनुसार कैलासले निकट भविष्यमा थप एक जहाज ल्याउदैछ । कैलासको यो हेलिकप्टर २३ हजार फिट उचाईसम्म उड्न सक्छ । स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बरमार्फत सेवा दिने योजनामा कम्पनी छ । पाण्डेका अनुसार कैलाश हेलिकोप्टर सर्भिसेज प्रालि सञ्चालनमा दुई दशकभन्दा लामो अनुभव बटुुलेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी, बैंकर र उद्योगीको लगानी छ ।

कहाँ केन्द्रित हुनेछ सेवा ?

कैलास हेलिकोप्टरले नेपालको पर्यटन तथा अत्यावश्यक सेवामा आफ्नो उडान केन्द्रित हुने जानकारी दिएको छ । बिरामीको तत्काल उपचार, कर्पोरेट फ्लाइट, ह्युमन÷कार्गो स्लीङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेशल एडभेञ्चर मिसन, फिल्मिङ, स्काइ डाइभिङ, प्राकृतिक प्रकोप उद्धारमा कैलासको सेवा केन्द्रित गर्ने कम्पनीको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here