‘फाइभ–जी’ विस्तार हुनुपूर्व नै सामसुङले सुरु गर्यो ‘सिक्स–जी’ को तयारी

काठमाडौं, २२ जेठ । दक्षिण कोरियाली टेक्नोलोजी कम्पनी सामसुङले संसारमा फाइभ–जी को पूर्ण रुपमा विस्तार हुन नपाउँदै सिक्स–जी को तयारी सुरु गरेको छ ।
कम्पनीले सिक्स–जीको लागि तयारीको सुरुवात गरेको एजेन्सीहरुले बताएका छन् । सिक्स–जी को लागि कम्पनीले एउटा नयाँ अनुसन्धान टोली निर्माण गरेको बताईएको छ ।

हाल नेपालमा पनि फोर–जीको विस्तार भईरहेको छ ।
फाइभ–जी सेवा विस्तार गर्नको लागि कोरियाली संस्थाले भर्खरै केही देशहरुमा मात्रै काम थालेको छ ।

सामसुङको साथै अन्य कोरियाली तथा चिनियाँ कम्पनीहरुले पनि सिक्स–जी को लागि काम सुरु गरेको बताईएको छ ।

यी सम्पूर्ण कम्पनीहरुको मुख्य लक्ष्य भनेको अमेरिकी कम्पनीले भन्दा पहिले सिक्स–जी को घोषणा गर्नु रहेको छ । सामसुङले नै संसारमै पहिलो पटक फाइभ–जी स्मार्टफोन ग्यालेक्सि एस टेन गत अप्रिलमा सार्वजनिक गरेको थियो ।

उता चिनियाँ कम्पनीहरुले पनि सन् २०२० सम्ममा सिक्सजी प्रविधि विकास गरिसक्ने बताएका छन् । तर, यसको व्यावसायिक प्रयोग भने सन् २०३० भन्दा अघि हुन कठिन रहेको विज्ञहरु बताउँछन् ।

सिक्सजी फाइभजी भन्दा करीब १ हजार गुणाले छिटो हुने बताइएको छ । यसको अर्थ सिक्स जीमा प्रतिसेकेण्ड १ टेराबाइट अर्थात १ हजार गिगाबाइट डाटा प्रशारण हुनेछ । तपाईंले एक सेकेण्डमा करीब १ सय सिनेमा डाउनलोड गर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here