हिमालयन हाइड्रोको २२ लाख ५० हजार कित्ता आईपिओ आउँदै, बिक्री प्रबन्धकमा जनता क्यापिटल

काठमाडौं, २२ जेठ । हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले रु. १ सय अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन गर्न लागेको हो जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैयाँ बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रका लागि छुट्याइएको छ ।

आईपीओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ । आईपीओ निष्काशन सम्बन्धि सम्झौता लिखतमा बुधबार कम्पनीका तर्फबाटसंचालक शिवकृष्ण श्रेष्ठ र जनता क्यापिटलका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

जनता बैंकको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाएसंगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोवार शुरु गरिसकेको छ । जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानी ब्यवस्थापन सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको पनि जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here