५ वर्षभित्र निजगढ विमानस्थलको काम आधा सकिन्छ: पर्यटन मन्त्री

काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र ५० प्रतिशत काम सकाउने लक्ष्यसहित दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडी बढाउने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले शुक्रबार बाराको सिमरामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएका हुन् ।

कार्यक्रममा उनले अबको समय विकास र समृद्धिको भएको बताए । साथै दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पूर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको समेत जानकारी दिए ।

विमानस्थल निर्माणका लागि पूर्वतयारीको काम २ वर्षभित्र पुरा गरी निर्माण प्रारम्भ गरिने र त्यसको ४ देखि ५ वर्षभित्र विमानस्थल निर्माण भइसक्ने जानकारी दिए । मन्त्री अधिकारीले उक्त अवसरमा सिमरामा आयोजित मेलाको समेत उद्घाटन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here