पेट्रोलको मूल्य घट्यो

काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । बुधबार रातीबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य घटाएको हो । डिजेल, मटितेल, हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ ।

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य घटेको हो । समायोजन गरिएको मूल्य अनुसार अब काठमाडौंमा नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलमा १ सय १० रुपैयाँमा झरेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

भारतीय आयल कर्पोरेशनले मूल्य समायोजन गरेसँगै नेपालमा पनि मूल्य घटेको निगमको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here