उपत्यका बन्द हुँदा किन देशभरका शेयर लगानीकर्ता कारोबारबाट वन्चित हुनुपर्ने ?

काठमाडौं । आइतबार शेयर बजार कारोबार बन्द हुनेछ, कारण हो घोडेजात्रा । आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

तर, उपत्यका भित्र पनि व्यापार व्यवसायसहित निजी प्रतिष्ठान खुला हुन्छन् । दैनिकी सामान्य तरिकाले संचालन हुन्छ । उपत्यका बाहिर सरकारी कार्यालय समेत सबै गतिविधि यथावत हुन्छन् ।

तर काठमाडौंमा रहेको नेपाल स्टक एक्सचेन्जको कार्यालय मात्र बन्द हुँदा देशभरका लगानीकर्ता प्रभावित हुनु परेको छ ।

शेयर लगानीकर्ता नेत्र पण्डित भन्छन्, ‘एउटा कार्यालय बन्द हुँदा देशभर किन कारोबार रोक्ने ? मुलुक संघीयतामा प्रवेश गरेको आधा दशक पुग्न लागिसक्यो । तर, सोँचमा केन्द्रिकृत मानसिकता रहेको छ ।

यसको शिकार शेयर लगानीकर्ता समेत भइरहेका छन् । लगानीकर्ता पण्डित भन्छन्, काठमाडौंलाई मात्र हेरेर कहिलेसम्म नीति बनाउने ? हरेक पटक उपत्यकामा हुने बिदा तथा बन्दको मार देशभर भोग्नु परेको छ ।

केही दिन अगाडी विद्यालय बन्द गर्ने सन्दर्भमा समेत यस्तै समस्या आएको थियो । सरकारले प्रदुषण बढेको भन्दै ४ दिन विद्यालय बन्द घोषणा गर्‍यो ।

तर, केन्द्र सरकारको निर्णय नमान्ने निर्णय गरी केही गाउँपालिकाले बिदा खारेज गरिदिए । उनीहरुको तर्क अनुसार आफ्नो गाउँपालिकामा वायु प्रदुषणको असर थिएन । यो केन्द्रबाट निर्णय लाद्ने प्रक्रियाको भद्र अवज्ञा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here