नेपाल र चाइनिज ताइपेइबीच आज खेल

काठमाडौं, २३ जेठ । नेपाल र चाइनिज ताइपेइबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ । ताइपेइको घरेलु मैदानमा हुने प्रतियोगिता नेपाली समयअनुसार साँझ चार बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

फिफा वरियतामा चाइनिज ताइपेइ नेपालभन्दा बलिया टोली हो । वरियतामा चाइनिज ताइपेइ १२५ औं र नेपाल १६१ औं स्थानमा रहेका छन् ।

यसैसाता नेपालल मलेसियासँग मैत्रीपूर्ण खेलमा भाग लियो । उक्त खेलमा २\० गोलअन्तरले पराजित भएको नेपालको लक्ष्य आइपेईविरुद्ध जीत निकाल्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here