हिमालयन ट्राभल मार्ट आज शुरु हुँदै, ४३ देशका ७ सय प्रतिनिधि सहभागी हुँदै

काठमाडौं, २३ जेठ । नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँको सोल्टी होटलमा शुरु हुँदैछ ।

नेपाल भ्रमण वर्ष २०२० को पुर्व तयारीको रुपमा हेरिएको यस मार्टलाई पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने गरिएको छ । मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए ।

नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको बिहीवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मार्टमा ४३ देशका करीब ७ सय जनाले सहभागिता जनाउने आयोजक पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले बताए ।
पहिलो पटक सन् २०१७ मा आफ्नो कार्यक्रम सुरुवात गरेको यस मार्टले छोटो समयमा नै नेपालका पर्यटन क्षेत्रहरु त्यसमा पनि हिमाललाई अन्तराट्रिय रुपमा चिनाउनको लागि विभिन्न प्रयासहरु गर्दै आएको छ ।

मार्टको आयोजना संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले गर्न लागेको हो । मार्टमा यस पटक ३० मुलुकबाट क्रेता कम्पनी र छ मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने पाटा नेपालले जनाएको छ ।

नेपालमा रेहेको पर्यटनको सम्भावनाहरुलाई विश्वबजारमा प्रवद्धन गर्दैै पर्यटनको लागि उपयुक्त थलोको रुपमा विकाश गर्नको लागि ट्राभल मार्टको स्थापना भएको नेपाल पर्यटन बोर्डका अध्यक्ष दीपकराज जोशीले बताएका छन् ।

मार्टमा सहभागी हुने सबै विदेशी पाउहुनाहरु नेपाल आईसकेका पाता नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए ।
मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कट रहनेछन् । यस्तै अन्य दुई दर्जन राष्ट्रिय वक्ता तथा पर्यटनसम्बद्ध सरोकारवालाबीच पर्यटनका विविध पक्षबारे चर्चा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here