भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं, ३ चैत । भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्।

कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्।

११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि संक्रमितको संख्या कुनै दिन ओह्रालो लागेन।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख छ। अप्रिल १ मा संक्रमितको संख्या ६ लाख १५ हजारमात्र थियो।

एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो। भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here