विदेश जानेले प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने, अनलाइनकै प्रतिवेदन मान्य हुने

काठमाडौं, ७ बैशाख । विदेश जान चाहने नेपालीहरुको प्रहरी प्रतिवेदन अब कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नु नपर्ने भएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गरी विभागले प्रहरी प्रतिवेदनलाई सम्बन्धित व्यक्ति आफैले रंगीन स्वरुपमा प्रिण्ट गरी काठमाडौंस्थित दूताबासहरुमा पेश गर्न सक्ने बताएको हो ।

नेपाल प्रहरीमार्फत् जारी हुने प्रतिवेदनलाई निवेदक स्वयंले अनलाइनबाटै रंगीन प्रिण्ट गरी काठमाडौंस्थित विदेशी नियागहरुमा यस विभागको प्रमाणीकरण विनै पेश गर्न सक्ने छन्, विभागले भनेको छ । यसबारेमा विभागले गत मे ३१ मै विदेशी नियोगहरुलाई जानकारी गराएको थियो ।

त्यसैगरी विदेशमा रहेका नेपालीले पनि अनलाइनकै प्रतिवेदन सम्बन्धित मुलुकका संस्थामा पेश गर्न सक्ने र ति संस्थाले अनलाइनमै त्यस्ता रिपोर्टको आधिकारिकता बुझ्न सक्ने बताइएको छ ।

कोरोनाभाइरस महामारीका कारण यस्तो व्यवस्था गरेको विभागको भनाइ छ । यसका साथै विभागले प्रमाणीकरणको समय बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको छ ।
एक पटकमा २५ जनासम्मलाई मात्र सेवा दिइने पनि उसले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here