फेरि उकालो लाग्यो सुनको भाउ, एकैदिन तोलाको १३ सय रुपैयाँ बढ्यो

काठमाडौं, ८ बैशाख । नेपाली बजारमा सु्नको भाउ फेरि उकालो लागेको छ । चैत महिनाको तुलनामा बैशाख लागेसँगै सुनको भाउ उकालो लागेको हो ।

बुधबार सुनको मूल्य एकैदिन १३ सयले बढेर तोलाकै ९२ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार दिन सुन ९० हजार ७ सयमा कारोबार भएको सुन तोलाको १३ सय रुपैयाँ बढेको हो ।

आज छापावाला सुनको भाउ ९२ हजार पुगेको छ भने तेजाबी सुनको भाउ ९१हजार ५०० रुपैयाँमा कारोबार भै रहेको छ ।

चार दिनदेखि १३ सय रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। आज चाँदी १३ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here