भूकम्पबाट क्षतिग्रस्त ५ लाख ९३ हजार घर बनिसके, ७ लाख बन्दै

काठमाडौं, १० बैशाख । भूकम्पबाट क्षति भएकामध्ये करिब ६ लाख निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ९३ हजार २९३ घर निर्माण सम्पन्न भएको हो ।

७ लाख ५३ हजार ५३ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

लाभग्राही सूचीमा समावेश भएकामध्ये ६५ हजार १६३ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म ८ लाख ७ हजार ७६४ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

जसमा ८ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ९५ हजार ५७६ जनाले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख ३४ हजार ३७ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here