सुनचाँदीको भाउ सस्तियो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १७ बैशाख । नेपाली बजारमा सुनको भाउ सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा एकैदिन तोलाको ९ सय रुपैयाँ घटेको हो ।

शुक्रबार सुन तोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

सुनसँगै चाँदीको भाउ पनि सस्तिएको छ । चाँदी तोलामा २० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदी तोलामा एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here