कामना सेवा बैंकको नयाँ शाखा ठमेलमा

काठमाडौं, २४ जेठ । कामना सेवा विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । यससँगै बैंकको शाखा संख्या ८७ वटा पुगेको छ ।

उद्घाटन कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखे ।

साथै बैकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here