आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द, नेपाल-भारत सातामा दुई उडान

काठमाडौ, २० बैशाख । सरकारले आगामी विहीबारदेखि भारतमा साताको दुई बाहेक अन्य सबै अन्तर्राष्ट्रिय उडान बन्द गराएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैंठकले कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले बिहीबारबाट लागू हुनेगरी अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । तर नेपाल भारत उडान भने हप्तामा २ दिन कायमै रहने छन् ।

सरकारले आज (सोमबार) राती १२ बजेदेखि नै आन्तरिक उडान स्थगित गर्ने निर्णय गरिसकेको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडान सुचारु नै रहने भएको हो । भारतबाट आउने यात्रुहरुको हकमा १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here