इपीएस परीक्षामा भाग लिँदै हुनुहुन्छ ? यी नियम नमाने नजिता रद्द !

वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले शनिवार र आइतबार कोरियन भाषा परीक्षा सञ्चालन गर्दैछ । शाखाले परीक्षामा भाग लिने प्ररिक्षार्थीहरुका लागि केही उपयोग टिप्स सार्वजनिक गरेको छ । त्यसअनुसार परीक्षामा सहभागी नहुने परिक्षार्थीको नतिजा मान्य नहुने भएकाले यी उपयोगी टिप्सको अध्ययनपछि मात्र परीक्षामा भाग लिनु पर्ने शाखाले उल्लेख गरेको छ ।

= प्रत्येक आवेदकहरु परीक्षा शुरु हुने समय भन्दा एक घण्टा अगावै आफ्नो स्थानमा बसी सक्नु पर्नेछ ।

= आवेदकहरुले आवेदन दर्ता गर्दा पेश गरेको राहदानीको सक्कल र ईमेलबाट रङ्गीन प्रिन्ट गरेको प्रवेशपत्र लिई आउनु पर्नेछ, अन्यथा परीक्षामा समावेश गराइने छैन ।

= उत्तर पुस्तिकामा कुनैउत्तर टिपेक्स वा टेपको प्रयोग गरी सच्याईएको पाइएमा उत्तर गलत ठहरिनेछ ।

= परीक्षार्थीहरुले उत्तर पुस्तिकामा चिन्ह लगाउदा कालो बलपेनको प्रयोग गर्नु पर्नेछ । कालो बलपेन परीक्षार्थी स्वयंले ब्यवस्था गर्नु पर्नेछ ।

= परीक्षामा सहभागी हुन आउँदा आवेदकहरुलाई मोवाइल फोन तथा अन्य विद्युतीय उपकरणहरु वा
पुस्तक,चिटआदि ल्याउन पाइने छैन । कसैले लिई आएमा परीक्षामा अनुचित कार्य गरेको आधारमा कारवाहि हुनेछ ।

= इपीएसअन्तर्गत कामदार पठाउने प्रक्रिया स्वच्छ, निष्पक्ष, पारदर्शी भएकोले कुनै पनि व्यक्ति, समूह, संघ, संस्थाको भ्रममा वा प्रलोभनमा नपर्नु हुन ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । साथै अनुचित कार्य गर्ने गलत उम्मेदवारहरु दोश्रो चरणको परिक्षामा वा जुन सुकै समयामा पहिचान भएमा कारवाही हुने पनि बताएको छ ।

= ईपीएसअन्तर्गत नेपाली कामदारहरुलाई गणतन्त्र कोरिया पठाउने सम्बन्धमा जिम्मेवार निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखा मात्र भएको र यसमा कुनै पनि निजी संघ–संस्था, समूह तथा व्यक्ति विशेषको संलग्नता नरहने पनि जानकारी दिएको छ ।

= परीक्षासम्बन्धी अन्य जानकारीको लागि ईपीएस कोरिया शाखा ग्वार्कोको फोन ०१-५१८६३४९ र ०१-५१८६३५० मा संपर्क गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here