व्यक्तिगत ऋणमा कर्जाबजारको सहयोग, ऋणीको क्रेडिट स्कोरिङ पनि हेर्न मिल्ने

काठमाडौं, २५ जेठ । फिनिक्स क्यापिटलले बैंकहरुबाट व्यक्तिगत ऋण लिन सहयोग गर्नका लागि कर्जाबजार डट कम सेवाको घोषणा गरेको छ ।

कर्जाबजार एक डिजिटल प्लाटफर्म हो जहाँ प्रयोगकर्ताले बैंकहरुका आवास, अटोजस्ता रिटेल लोनहरुबारे जानकारी लिन, ती प्रडक्टहरुबारे तुलना गर्न, बैंकले तोकेका मापदण्डबारे जानकारी लिन र कार्यान्वयनका शर्तहरु बुझ्न सक्नेछन् । उनीहरुले क्रेडिटकार्ड तथा व्यक्तिगत ऋणको प्रक्रियाका लागि अनलाइनमार्फत नै आवेदन दिन सक्ने पनि कम्पनीले बताएको छ ।

नेपालका प्रमुख वाणिज्य बैंकहरुसँग परामर्श र प्रक्रिया प्रवाह समायोजन गरेर मात्र अनलाइन सेवा शुरु गरिएको कम्पनीको भनाइ छ ।
हालसम्म फिनिक्सले स्ट्याण्डर्ड चार्टर्ड, एनएमबी र लक्ष्मी बैंक गरी तीन वाणिज्य बैंक र एक क्षेत्रीय स्तरको सिन्धु विकास बैंकसँग सम्झौता गरिसकेको छ भने अन्य बैंकसँग सम्झौताको प्रक्रियामा रहेको छ ।

कर्जा प्रवाहका बारेमा हुने सूचनाको कमीलाई चिर्नका लागि कर्जाबजारले कर्जा प्रदायकलाई व्यक्तिगत कर्जादारहरुको योग्यताको आंकलन गर्न सहयोग गर्ने गरी क्रेडिट स्कोरिङ अलगोरिदम पनि विकास गरेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here