नेपालसहित चार देशका नागरिकलाई मलेसिया भ्रमणमा रोक

काठमाडौं, २३ बैशाख । मलेसियाले नेपालसहित चार देशको नागरिकलाई आफ्नो देशको भ्रमण रोक लगाउने भएको छ ।

मलेसियाले नेपाल, बंगलादेश, श्रीलंका र पाकिस्तानका नागरिकहरुलाई आफ्नो देशको भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।

मलेसियाका सिनियर मन्त्री दातुक सेरी इस्माइल सब्री याकुबले यो निर्णय भएको घोषणा गरेको मलेसियाको संचार माध्यम द स्टारले जनाएको छ। यद्दपी यो निर्णय लागू हुने मितिबारे मन्त्री याकुबले केहि उल्लेख नगरेको द स्टारले जनाएको छ।

भारतसँगको हवाई उडान अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको केही दिन लगत्तै मलेसियाले यी देशहरुका नागरिकहरुलाई भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

हवाई उडान मात्र नभई समुन्द्री मार्गका साथै भारतका कामदारहरु माथि समेत मलेसियाले अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ।

लामो समयको सामाजिक भिजा, व्यवसायिक भिजा तथा सामाजिक भिजा लगायतका सबै प्रकारका भिजा भएका यी चार देशका नागरिकहरुको भ्रमणमाथि प्रतिबन्ध लाग्नेछ।

यद्दपी भियना कन्भेसना डिप्लोम्याटिक रिलेशन १९६१ बमोजिमका डिप्लोम्याट पासवर्ड र उच्च अधिकारिहरुको भ्रमणमा भने प्रतिबन्ध रहनेछैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here