काठमाडौं, २४ बैशाख । धितोपत्र बजारमा यस साता ३३ अर्ब ९६ करोड बढीको कारोबार भएको छ ।
यो साता दुई सय २६ वटा कम्पनीहरुको तीन लाख ९९ हजार एक सय १८ पटकको कारोबारमा ७ करोड ५६ लाख ४ हजार ८ सय ९५ कित्ता शेयर किनबेच भएको हो ।
त्यसबाट कुल ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ कारोबार भएको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।
नेप्सेका अनुसार यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, एनसीसी बैंक आदि परेका छन ।
शेयर कारोवार भएको संख्याको आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक लगायतका कम्पनीहरु परेका छन् ।
बजार पूँजी करणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।
शेयर सूचीकरण तर्फ भने यो साता रुरु जलबिद्युत कम्पनी, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, स्भाभिमान लघुबित्त बित्तीय संस्था, समता घरेलु लघुबित्त बित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको बोनस तथा साधारण शेयर नियमित कारोवारको लागि सूचीकृत भएकाछन् ।
यो साता नेप्से २६३७.१३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ७३ दसमलव चार अंकमा पुगेको छ ।