चाउचाउ गोदाममा आगलागी

चितवन, २५ जेठ । पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज
बिहान १०ः२० बजे रत्ननगर नगरपालिका–१४ मा रहेको एबीसी चाउचाउको गोदाममा आगलागी भएको हो ।

कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ । विद्युत चुहावट हुँदा आगलागी भएको उनले जानकारी दिए ।

स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here