मौरीले केही सेकेन्डमै कोभिड १९ को संक्रमण पत्ता लगाउने वैज्ञानिकहरूको दाबी

काठमाडौं । प्रशिक्षित मौरीहरूको सहयोगले कोरोना भाइरसको सङ्क्रमण भए नभएको कुरा केही सेकेन्डमै पत्ता लगाउन सकिने वैज्ञानिकहरूले दाबी गरेका छन् ।

नेदरल्यान्ड्सका वैज्ञानिकहरूले असाधारण गन्धको अनुभूति गर्न सक्ने मौरीहरूलाई सङ्क्रमित नमूनाहरू पहिचान गर्न तालिम दिएका थिए ।

मौरीहरूलाई तालिम दिनका लागि वैगेनिजेन विश्वविद्यालयमा बायो भेटिनरी चिकित्सा अनुसन्धान प्रयोगशालामा वैज्ञानिकहरूले चिनी र पानीको घोलको प्रयोग गरेका थिए । उक्त घोल मौरीलाई दिएर प्रशिक्षित गरिएको थियो ।

कोरोना भाइरसबाट सङ्क्रमित भएको मानिसको शरीरको तरल पदार्थको गन्ध सङ्क्रमित नभएका मानिसको तुलनामा केही परिवर्तन हुन्छ । सङ्क्रमण भएको नमूनाहरू देखाएपछि मौरीहरूलाई चिनी पानी दिइएको थियो । तर, सङ्क्रमण नभएको नमूना देखाएको बेलामा मौरीलाई चिनी पानी दिइएको थिएन ।

मौरीलाई सङ्क्रमितको नमुनाको सम्पर्कमा ल्याउँदा मौरीले आफ्नो जिब्रो बाहिर निकाल्ने गरेको अनुसन्धानकर्ताले जनाएका छन् । साथै, मौरीको अगाडि एउटा स्वास्थ मानिसको नमुना राख्दा उनीहरूले कुनै किसिमको प्रतिक्रिया दिएनन् । यस प्रकार सङ्क्रमण पुष्टि भएको नटिजा आउन घण्टौँ लाग्ने भएपनि मौरीले केही सेकेन्डमा कोरोनाको नमूनाको पहिचान गर्न सकेको पाइयो ।

सर्वेक्षणकर्ताका अनुसार कोरोना सङ्क्रमण पत्ता लगाउनका लागि जनावरको क्षमताबाट सहयोग लिन सकिन्छ । यसअघि कुकुरलाई मानिसको र्‍याल र पसिनाबाट कोरोना भए–नभएबीचको थाहा पाउने तालिम दिइएको थियो ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here