गुलियो चिनीको तितो कथा, कम भन्सारको मारमा नेपाली चिनी उद्योग

नेपाल चिनी उत्पादक संघ

पछिल्ला दुइ बर्षदेखि बजारमा चिनीको मूल्यलाई लिएर निकै आलोचना भइरहेको छ । यसरी बजारमा चिनीको मूल्य वृद्धि हुनुमा हाम्रो उत्पादनको लागत बढी भएर नै हो । अहिले हाम्रो चिनीको उत्पदान लागत ७५ रुपैयाँ प्रति केजीको हाराहारीमा रहेको छ ।

२०७३ सालमा तत्कालीन सरकारले मन्त्रिपरिषदको निर्णयबाट चिनी आयात खुल्ला गरिदिएपछि स्वदेशी चिनी उद्योगहरुर किसान झनै पिडामा परेका छन् । सरकारले भन्सार दरसमेत निकै न्युन (१५ प्रतिशत) लगाएर चिनी आयात गर्न दिएको छ ।

अहिले हाम्रा उद्योगले उत्पादन गरेको चिनी भन्दा आयातित चिनी निकै सस्तो रहेको छ । विदेशबाट आयात हुने चिनी प्रतिकेजी ५५ रुपैयाँमा नेपाल आउने गरेको छ भने हाम्रो उत्पादन त्यसको तुलनामा करीब २० रुपैयाँ प्रतिकेजी महँगो रहेको छ ।

त्यसो त कृषि मन्त्रालयले चिनीको अनुमानित उत्पादन मूल्य प्रतिकेजी ६२ रुपैयाँ ५० पैसामा हुनुपर्छ भनिरहेको छ । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ५ प्रतिशत मुनाफा राखेर बजारमा पठाउँदा ७३ रुपैयाँ ५६ पैसा पर्न जान्छ । सरकारी त्थ्याङ्कअनुसार पनि हाम्रो उत्पादन आयातित चिनी भन्दा करीब १८ रुपैयाँ महँगो रहेको छ ।

समाधानको उपाय

यसको सोझो समाधान भनेको आयातित चिनीमा भन्सार दर बढाउनु हो । दक्षिण एसियाली मुलुकहरुले चिनीमा १०० प्रतिशतसम्म भन्सार लगाउँदै आएका छन् । भारतले चिनी आयातमा १०० प्रतिशत भन्सार लगाउँदै आएको छ ।

नेपालमा समेत सरकारले उखु बालीलाई प्रमुख बालीको घोषणा गरेर किसानलाई यस खेतीप्रति आर्कषित गर्ने प्रयास गरिरहेको समयमा यसरी चिनी आयातलाई प्रोत्साहन पुग्ने भन्सार दर परिर्वतन गर्नुपर्ने देखिन्छ ।

यदि सरकारले चिनी आयातलाई निरुत्साहित गर्ने हो भने नेपाली उत्पादनको मूल्य ७५ रुपैयाँ नबढ्ने गरी बजारमा चिनी पु¥याउन सकिने चिनी उत्पादक संघको भनाई छ ।

नेपाल सबैभन्दा महँगोमा चिनी उत्पादन गर्ने देशमध्ये एक हो । यहाँ उखु उत्पादनको लागत निकै धेरै रहेको उद्योगीहरुको दाबी छ । त्यसैले आयात निरुत्साहित गरी चिनी र उखुको मूल्य उचित तरिकाले समायोजन गर्ने हो भने त्यसले नेपाली किसानहरुको जीवन स्तर उकास्न निकै ठुलो मद्दत पुग्ने छ ।
साढे ३ अर्ब रुपैयाँको लगानीमा नेपालमा चिनी उद्योगहरु सञ्चालन भइरहेका छन् । अहिले करीब १ लाख किसानले उखु खेती गरिरहेका छन् भने करीब २० लाख मेट्रिक टन उखु उत्पादन भइरहेको छ । चालु आर्थिक बर्ष २०७४÷०७५मा ११ अर्ब रुपैयाँको उखु किसानले बिक्री गरेका छन् । यस बर्ष १ लख ७५ हजार मेट्रिक टन चिनी उत्पादन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here