ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

काठमाडाैं, २६ जेठ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् ।

परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका हुन् ।

अध्यक्ष राणाले ३३३ मत प्राप्त गरे भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भए ।
महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित भए ।

सचिव र कोषाध्यक्षमा भने प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भए ।

यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएकाे परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताए । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उनले भने ।

स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here