शिवम् सिमेन्टको खुद नाफा २६.५२ प्रतिशत वृद्धि

काठमाडौं, २९ बैशाख । शिवम् सिमेन्टले खुद नाफामा २६.५२ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म १ अर्ब ९ करोड खुद मुनाफा कमाएको छ ।

गत वर्ष यस अवधिसम्म रू. ८६ करोड १५ लाख ६७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष साढे २५ प्रतिशत नाफा बढाएको हो ।

यो गत वर्षको सोही अवधिको तुलनामा २३ करोड रुपैयाँ बढी हो । कम्पनीले गत आवको चैतसम्म ८६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

व्यापार बढ्दा, बैंक ब्याजदर र संचालन खर्च घट्दा कम्पनीको नाफा वृद्धि भएको हो । समीक्षा अवधिमा कम्पनीले उत्पादन विक्रीबापत ७.३५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले उत्पादन विक्री मार्फत ७ अर्ब ८ करोड आम्दानी गरेको थियो ।

कम्पनीले विभिन्न कम्पनीहरुमा ३ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ ।

जगेडा कोष रकम पनि गत वर्षभन्दा यस वर्ष ७ दशमलव ३३ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ४ अर्ब ७२ करोड ९६ लाख ८६ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ५ अर्ब ७ करोड ६५ लाख ४२ हजार पुगेको हो ।

वार्षिक प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २१५ दशमलव ३८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here